खैरेनी माविको अध्यक्षमा केशवराज सर्वसम्मत

खैरेनी माविको अध्यक्षमा केशवराज सर्वसम्मत

तनहुँको शुक्लागण्डकी–६ खैरेनीटारमा रहेको खैरेनी माध्यमिक विधालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा केशवराज घिमिरे सर्वसम्मत चयन भएका छन् ।

बुधवार विद्यालय परिसरमा भएको अभिभावक भेलाबाट घिमिरेको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिती चयन भएको हो । समितिकाे सदस्यहरुमा सुनिता बिश्वकर्मा, पदम बहादुर राना, अप्सरा श्रेष्ठ र सदस्य सचिवमा प्रधानाध्यापक राजेश्वर घिमिरे रहेका छन् । अध्यक्षमा निर्वाचित घिमिरे सोहि विद्यालयका पूर्व प्रधानाध्यापक समेत हुन् । यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा शारदा उपरकोटी मिजार सर्वसम्मत भएकी छन् भने सदस्यहरुमा रिता पौडेल ढकाल, जानुका कार्की, मोतिसरा वि.क.,रेनु क्षेत्री र कोपिला कुमाल रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page