ऋषिङ ३ काे सरस्वती बिद्यालयका विद्यार्थीलाई कल्पना गाैली द्वारा विद्यालय पोशाक वितरण

ऋषिङ ३ काे सरस्वती बिद्यालयका विद्यार्थीलाई कल्पना गाैली द्वारा विद्यालय पोशाक वितरण

तनहुँको ऋषिङ गाउँपालिका–३, सोलुङ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ । माँ अम्बे अलौलिक कृषि फर्म व्यास–५ ढाेडेनीकी सञ्चालक कल्पना गाैलिकाे आर्थिक सहयोग तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँको संयोजनमा पाेशाक वितरण गरिएको हो ।
कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष मछिन्द्रा देवी श्रेष्ठले शिक्षा क्षेत्रमा सहयोग गर्ने हातहरू समाज परिवर्तनका आधारशिला हुने उल्लेख गर्दै धन्यवाद व्यक्त गरिन् । त्यस्तै कृषि फार्मकी सञ्चालिका कल्पना गौलीले दुर्गम क्षेत्रका विद्यार्थीका लागि सहयोग गर्ने अवसर पाएकोमा आफू खुसी भएको बताइन् ।

कार्यक्रममा विद्यार्थीहरूले नयाँ पोशाक पाएर निकै खुसी भएका थिए। कार्यक्रममा विद्यालयका प्रअ चित्रबहादुर थापाले सहयोगी गाैली र महिला उद्यमीलाइ धन्यवाद दिएका थिए । विद्यालय पोशाक वितरण कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक वातावरण सुधार्ने र विद्यार्थीमा अनुशासन र आत्मसम्मानको विकास गर्ने विश्वास बिद्यालयले गरेको छ। यस अवसरमा अभिभावक तथा गाउँवासीहरूले पनि कार्यक्रमको प्रशंसा गर्दै यस किसिमको पहल निरन्तर गर्न आग्रह गरेका छन् । सरस्वती आधारभुत बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशबहादुर रानाको अध्यक्षतामा भएको सहयोग कार्यक्रमकाे श्रीमाया थापाले स्वागत र सञ्चालन सुरज थापाले गरेका थिए । उक्त अवसरमा छिमेकी बिद्यालयका प्रअ साेमबहादुर थापा लगायतले बाेलेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page