आदिकवी भानुभक्त माविमा बालिका शिक्षा कार्यक्रमको अवलोकन तथा अनुगमन

आदिकवी भानुभक्त माविमा बालिका शिक्षा कार्यक्रमको अवलोकन तथा अनुगमन

तनहँको ब्यास नगरपालिका १ स्थित आदिकवी भानुभक्त माध्यमिक विद्यालयमा बालिका शिक्षा कार्यक्रमको प्रभावकारीताका विषयमा अध्ययन तथा अवलोकन गरिएको छ ।
‘रूम टु रिड’को आर्थिक तथा प्राविधिक सहयोग र सूर्याेदय क्लवको ब्यवस्थापनमा संचालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत जीवन उपयोगी सीप कक्षाको व्यास नगरपालिका स्तरीय सरोकारवालाहरुबाट अवलोकन तथा अनुगमन गरिएको हो ।

कार्यक्रममा बालिका शिक्षा कार्यक्रमकाे बरिस्ठ सामाजिक परिचालक ममता काेइरालाले सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत १६ जना बालिकाहरुसँग गरिएको “जागिरकाे लागि राम्रो अन्तर्वार्ता” शिर्षककाे क्रियाकलापका विषयमा सहजिकरण गरेकी थिइन् । उक्त अवसरमा बालिका अर्पणा पन्तले व्यास नपाका शिक्षा प्रमुख उपसचिव केदार राज आचार्य र शिक्षा अधिकृत नवीन पराजुलीसँग अन्तरबार्ताको डेमो प्रस्तुत गरेकि थिइन् ।

आदिकवी भानुभक्त माध्यमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषिराम ढुंगानाकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बिद्यालयका सहायक प्रअ तिर्थराज रानाभाटले गरेका थिए ।

उक्त कार्यक्रममा व्यास नगरपालिका उपप्रमुख इन्दिरा दरै , व्यास नपाका उपसचिव केदार राज आचार्य , शिक्षा अधिकृत नवीन पराजुली , स.शिक्षा अधिकृत किशोर बास्तोला , बिधालयका प्रअ दिलिप पोख्रेल लगायतले अवलोकन तथा अनुगमन गरेका थिए ।
कार्यक्रमकाे बिधालयका फोकल शिक्षक मिना श्रेष्ठले सहजिकरण गरेकी थिइन् ।
उक्त अवलोकन पश्चात् ब्यास नगरपालिकाकाे हलमा भएको नगरपालिका परियोजना सल्लाहकार समितिकाे बैठकको अध्यक्षता व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले गरेका थिए । कार्यक्रममा नगर प्रमुख न्याैपानेले जीवन उपयोगी सीप तालिम अत्यन्तै आवश्यक र प्रभावकारी भएको चर्चा गर्दै यसबाट प्राप्त सिकाइलाई विद्यार्थीहरूले व्यवहारमा उतार्न सक्ने गरी सञ्चालन गर्न सुझाएका थिए। उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई जिम्मेवार र सजग बनाउने विश्वास व्यक्त गर्दै समुदाय, विद्यालय र स्थानीय सरकारबीचको संयुक्त सहकार्यले मात्र बालिका शिक्षा र स्वास्थ्य सुरक्षामा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने बताए । याे कार्यक्रम अत्यन्तै शान्दर्भिक छ , यसलाई अझै विस्तार गर्नुपर्छ भन्दै न्याैपानेले कार्यक्रमले सबैकाे उत्साह बढाएको बताए ।
समयकाे परिवर्तन सँगै अनेकौं नकारात्मक कुराहरू बढिरहेको बेला रूमटुरिडकाे बालिका शिक्षाले सकारात्मक वातावरण निर्माण गर्ने उनको भनाइ छ ।

कार्यक्रममा सहभागीहरूले तालिममा सहभागी छात्राहरूलाई यस्तो कार्यक्रमले उनीहरूलाई अझ खुला, आत्मविश्वासी र परिपक्क बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए । उनिहरूले प्रशिक्षक
र विद्यार्थीबीच अझ प्रभावकारी समन्वय हुनुपर्ने सुझाव दिंदै विद्यार्थीकाे भावना बुझेर कार्यक्रमलाई अझ सुदृढ र परिणाममुखी बनाउन आयोजक पक्षले ध्यान दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा वडा अध्यक्षहरू काशीराम श्रेष्ठ , रमेश चन्द्र हड्खले ,सुर्याेदय क्लवका कार्यक्रम प्रबन्धक द्रोणाचार्य तिमिल्सिना , रूमटुरिडका कार्यक्रम अधिकृत नित्यानन्द पाण्डे , सुर्याेदय क्लवका कार्यक्रम अधिकृत लक्ष्मी नेपाल , कलावती बिमली , सामाजिक परिचालक चमेली प्रधान , बन्दना रायमाझी लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page