त्रिभुवन क्याम्पस भानुको अध्यक्षमा गाेविन्द राज जाेशी प्यानलका बिमलराज विजयी

त्रिभुवन क्याम्पस भानुको अध्यक्षमा गाेविन्द राज जाेशी प्यानलका बिमलराज विजयी

भानु नगरपालिकाकाे मानेचाैका स्थित त्रिभुवन क्याम्पसको संचालक समिति मतदान प्रक्रियाबाट टुंगिएको छ । सहमतिको लागि प्रयास गरेपनी सहमति जुट्न नसक्दा सञ्चालक समितिकाे छनाेट मतदान प्रक्रियाबाट गरिएको हाे । जसअनुसार अध्यक्षमा गाेविन्द राज जाेशी प्यानलका बिमल राज जोशी अत्याधिक मतका साथ विजयी भएका छन् । विजयी भएका जाेशीकाे १ सय १८ मत आउँदा काङ्ग्रेस निकट तारानरेश पौडेलकाे ५६ र रास्वपा निकट बिष्णु पोख्रेलकाे जम्मा ५ मत आएकाे छ ।

यस्तै ५ जना खुल्ला सदस्यका लागि श्रीराम ढकालकाे १४७ ,पन्कज अधिकारी १४१ ,नारायण बहादुरकाे १३४ ,दिपेन्द्र अधिकारीकाे १२७ ,महेन्द्र जंग गुरुङकाे १११ र रामप्रसाद अधिकारीकाे १०८ मत आएकाे बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page