पाेखरा २३ का सचिव गाैतम “उत्कृष्ट कर्मचारी” बाट सम्मानित

पाेखरा २३ का सचिव गाैतम “उत्कृष्ट कर्मचारी” बाट सम्मानित

पोखरा महानगरपालिकाको ६७ औँ स्थापना दिवसको अवसरमा उत्कृष्ट कर्मचारी सम्मानबाट लामाचाैर अकला निवासी कृष्णप्रसाद गाैतम सम्मानित भएका छन् । पाेखरा महानगरपालिका वडा नं २३ का वडा सचिव सहायक प्रशासकीय अधिकृत रहेका गाैतम गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र राज पाण्डे , महानगर प्रमुख धनराज आचार्य लगायत बाट सम्मानित भएका हुन् । गाैतमलाइ महानगरपालिकाकाे सुशासन , प्रवर्द्धनमा उल्लेखनीय याेगदान पुर्याएकाे भन्दै एक भब्य समारोह का बिच सम्मान गरिएको हाे ।

महानगरपालिकाले आगामी दिनमा अझ उच्च मनाेबल ,दृढ प्रतिवद्धता , पेशागत उत्कृष्टता र समर्पणका साथ सेवा प्रदान गर्नुहुनेछ भन्ने विश्वास सहित सम्मान गरेको जनाएको छ । गाैतम सँगै अन्य थुप्रै कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूलाइ उक्त अवसरमा महानगरले सम्मान गरेको थियो । सम्मानित व्यक्तिहरूलाइ नगद सहित , सम्मानपत्र , दाेसल्ला र खादाले सम्मान गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page