महिला उद्यमी संघ तनहुँलाई राष्ट्रिय स्तरको सम्मान

महिला उद्यमी संघ तनहुँलाई राष्ट्रिय स्तरको सम्मान


महिला उद्यमि महासंघको २२औँ वार्षिक साधारणसभा तथा १०औँ महाधिवेशनको अवसरमा महिला उद्यमशीलता विकास र आर्थिक सशक्तिकरणको क्षेत्रमा निरन्तर, उदाहरणीय तथा प्रेरणादायी योगदान पुर्‍याएको कदरस्वरूप महिला उद्यमी संघ, तनहुँ सम्मानित भएको छ।
उक्त अवसरमा संघले नगद रु. ७,०००/- (अक्षरूपी सात हजार रुपैयाँ मात्र) सहित मुलुकका ७७ जिल्लामध्ये तेस्रो स्थान हासिल गर्न सफल भएको हो। यस उपलब्धिमा संघकी अध्यक्ष, जुझारु तथा कर्मशील नेतृत्वकर्ता आदरणीय निर्मला मल्लको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिएको छ।
जिल्ला सदस्यका हैसियतले यो उपलब्धिले अत्यन्त गर्वको अनुभूति गराएको प्रतिक्रिया दिँदै, यो सम्मान सामान्य प्रयासले सम्भव नहुने र अध्यक्ष मल्लको अथक मेहनत, समर्पण तथा दूरदर्शी नेतृत्वकै परिणाम भएको बताइएको छ।
यस अवसरमा अध्यक्ष निर्मला मल्लसँगै, संघको विकासमा निरन्तर खटिँदै आउनु भएकी तनहुँ शाखाकी महासचिव सरु तथा सम्पूर्ण टिमलाई पनि हार्दिक बधाई ज्ञापन गरिएको छ।


महिला उद्यमशीलताको माध्यमबाट संघले आत्मनिर्भरता, रोजगारी सिर्जना तथा सामाजिक रूपान्तरणमा खेलेको सक्रिय भूमिका स्थानीयदेखि राष्ट्रिय स्तरसम्म प्रशंसित हुँदै आएको छ। प्राप्त सम्मानले आगामी दिनमा संघलाई अझ सशक्त, उत्तरदायी र प्रभावकारी कार्यक्रमहरू अघि बढाउन थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
संघको सफल यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण पदाधिकारी, सदस्यहरू तथा सहकार्य गर्ने सबै सरोकारवालाप्रति हार्दिक बधाई व्यक्त गर्दै उज्ज्वल भविष्यको शुभकामना दिइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page