भानु बन्दीपुर जेसीजको चौथो पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न

भानु बन्दीपुर जेसीजको चौथो पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न


भानु बन्दीपुर जेसीजको चौथो पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। सन् २०२६ का लागि निर्वाचित अध्यक्ष राजेश कार्की सहित पदाधिकारीहरूले बन्दीपुरस्थित होटल द रेड हाउसमा आयोजित विशेष समारोहका बीच पदभार ग्रहण गरेका हुन्।
युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकाससँगै सामाजिक कार्यमा सक्रिय संस्थाको अधिवेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित कार्की नेतृत्वको कार्यसमितिले ‘एक व्यक्ति, एक पद, एक कार्यकाल’को सिद्धान्तअनुसार औपचारिक रूपमा जिम्मेवारी सम्हालेको हो।
भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा विशिष्ट अतिथि रहनुभएको थियो। साथै नेपाल जेसीज क्षेत्र ‘ख’ का निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी आरोग्य श्रेष्ठ, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ ग्रहण गराइयो। सन् २०२५ का शाखा अध्यक्ष अनुज पण्डितले आफ्नो कार्यकालमा साथ, सहयोग र योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दै विभिन्न अवार्डहरू वितरण गर्नुभएको थियो।
नवनिर्वाचित अध्यक्ष राजेश कार्कीले जेसीजप्रति युवाहरूको आकर्षण बढाउने, स्थानीय तह केन्द्रित कार्यक्रमहरूलाई प्रभावकारी बनाउने तथा युवाको नेतृत्व र व्यक्तित्व विकासमा केन्द्रित तालिमहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पदस्थापन समारोहका अवसरमा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष जेसी लिन्कन श्रेष्ठ, कार्यकारिणी उपाध्यक्ष जेसी सुधा बिष्ट, कानुनी सल्लाहकार जेसी रबिन अधिकारी, महासचिव जेसी राजीव राउत, अध्यक्ष सल्लाहकार जेसी सबिन कार्की र जेसी अनमोल पिया, कोषाध्यक्ष जेसी कर्णबहादुर गुरुङ, उपाध्यक्षहरू जेसी अर्जुन बसेल, जेसी सुदिन पौडेल र जेसी वसन्त पौडेल, सचिव जेसी दिवस बोहोरा, तालिम निर्देशक जेसी शुशील न्यौपाने, सह–कोषाध्यक्ष जेसी सम्झना रानाभाट, वृद्धि सभापति जेसी विवेक भट्टराई तथा शाखा सम्पादक जेसी बिराज श्रेष्ठलाई पनि पदभार ग्रहण गराइएको थियो।


भानु बन्दीपुर जेसीजले स्थापनाकालदेखि नै युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा केन्द्रित विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page