पोखरामा गगन सँगकाे भेटमा तनहुँका खनाल श्रेष्ठकाे त्यो हाँसो र गहिरो सम्बन्धकाे चर्चा !

पोखरामा गगन सँगकाे भेटमा तनहुँका खनाल श्रेष्ठकाे त्यो हाँसो र गहिरो सम्बन्धकाे चर्चा !

पोखरा, नेपाली काङ्ग्रेसका सभापति गगन थापाको पोखरामा भएको पहिलो आगमनमा तनहुँका क्षेत्रीय सभापति चुडामणि खनाल र युवा नेता मोहनकुमार श्रेष्ठबीचको त्यो हाँसो अहिले चर्चाकाे विषय बनेको छ । भेटको क्रममा तीनै जनाबीच अत्यन्तै कडा हाँसो, रमाइलो र खुला संवाद भएको थियो। खनाल र श्रेष्ठले गगनसँगको भेटमा आफ्नो उत्साह र समर्थन प्रकट गर्दा त्यहाँको वातावरण मुलायम, मित्रवत र विश्वासपूर्ण समेत बनेको देखिन्थ्यो।
कार्यक्रममा सहभागीहरूले भने, “त्यो हाँसो र आपसी अंकमालले तनहुँका युवा नेताबिच सम्बन्ध र विश्वास कति गहिरो छ भन्ने प्रस्ट देखाएकाे पाइन्छ ।” भेटघाटमा देखिएको मायापूर्ण सम्बन्ध र सुमधुर संवाद ले आगामी राजनीतिक गतिविधिहरूमा स्थानीय एकता र सक्रियतामा थप ऊर्जा भर्न सक्ने बताइएको छ ।


पोखरामा भएको यो भेटघाटले स्पष्ट रूपमा देखायो कि गगन थापा र स्थानीय नेता बीचको आपसी विश्वास र सुमधुर सम्बन्ध मात्र राजनीतिक होइन, व्यक्तिगत मित्रता र आपसी समझमा पनि आधारित छ। युवा नेता श्रेष्ठले अत्यन्तै साैहार्दपुर्ण भेटघाट पार्टी सभापति थापा सँग पाेखरामा भएको प्रतिक्रिया दिए । चर्चामा रहेको हाँसो भने खुसी र माया सँगै आत्मियताकाे भएको उनको भनाइ छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page