दमौलीमा ग्यासकाे भित्र–भित्रै हाहाकार : ग्यास अभावले बढायो चिन्ता

दमौलीमा ग्यासकाे भित्र–भित्रै हाहाकार : ग्यास अभावले बढायो चिन्ता


दमौलीमा यतिबेला ग्यासको भित्र–भित्रै हाहाकार मच्चिएको छ। एलपी ग्यासको अभावले घरपरिवारदेखि होटल व्यवसायीसम्म सबैलाई समस्यामा पारेको छ। बाहिरबाट अवस्था सामान्यजस्तो देखिए पनि उपभोक्ता भने ग्यासको खोजीमा दिनहुँ धाइरहेका छन्।
व्यास–३ की आशा गुरुङले एक हप्ताअघि ग्यास अर्डर गरे पनि हालसम्म नपाएको गुनासो गरिन्। “अरू बेला मगाउने बित्तिकै आउँथ्यो, अहिले हप्तादिन भयो, अझै आएको छैन,” उनले भनिन्।
यस्तै, व्यास–२ का होटल व्यवसायी कुमार थापाले पनि ग्यास अभावले व्यवसाय प्रभावित भएको बताए। “ग्यास मगाउँदा ‘हुन्छ’ भनिन्छ, तर दिन बित्दै जान्छ। होटल चलाउनै गाह्रो भइरहेको छ,” उनले दुःखेसो पोख्दै भने।
ग्यास डिलरका अनुसार पछिल्लो पटक अन्य समयमा भन्दा करिब ३५ प्रतिशत कम ग्यास आएको छ। आएको ग्यास पनि केही समयमै सकिने गरेको उनीहरूको भनाइ छ। बजारमा ‘ग्यास सकिन्छ’ भन्ने हल्ला फैलिएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी स्टक राख्न खोज्दा अभाव झन् चर्किएको डिलरहरू बताउँछन्।


स्थानीय तह र सरोकारवाला निकायले समयमै ध्यान नदिए अवस्था जटिल बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page