तनहुँमा सवारी दुर्घटना : व्यास नगरपालिकाकी उपमेयर इन्दिरा दरै र छोरा हेमन्त घाइते

तनहुँमा सवारी दुर्घटना : व्यास नगरपालिकाकी उपमेयर इन्दिरा दरै र छोरा हेमन्त घाइते


तनहुँ — तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीस्थित पृथ्वीराजमार्गमा मंगलबार दिउँसो भएको सवारी दुर्घटनामा व्यास नगरपालिकाकी उपमेयर इन्दिरा दरै र उनका छोरा हेमन्त दरै घाइते भएका छन्।
माघ २७ गते अन्दाजी ४ बजेको समयमा दुलेगौंडाबाट पोखरातर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ट्याक्सी एकआपसमा ठक्कर खाई ट्याक्सी ब्याक हुँदा पछाडिबाट आइरहेको सामान बोक्ने भ्यानसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याक्सीमा सवार व्यास नगरपालिका–१ भादगाउँ निवासी ४८ वर्षीया उपमेयर इन्दिरा दरै र उनका २७ वर्षीय छोरा हेमन्त दरै घाइते भएका हुन्। दुवै जनाको टाउको र पेटमा चोट लागेको र अवस्था मध्यम रहेको बताइएको छ। उनीहरू हाल पोखरास्थित अस्पतालमा उपचाररत छन्।


उक्त दुर्घटनामा ट्याक्सी चालक सन्देश गोले र मोटरसाइकल चालक समेश कुमार थापा समेत घाइते भएका छन्। मोटरसाइकल चालक थापाको अवस्था गम्भीर रहेको र उनको पोखरामा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल र भ्यानलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page