आँबुखैरेनी–३ डाँडाटोलमा ‘रिदम सर्भिस सेन्टर’को नयाँ शाखा सञ्चालनमा

आँबुखैरेनी–३ डाँडाटोलमा ‘रिदम सर्भिस सेन्टर’को नयाँ शाखा सञ्चालनमा


फागुन १, आँबुखैरेनी। तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–३, गोरखा रोड डाँडाटोलमा ‘रिदम सर्भिस सेन्टर’को नयाँ शाखा औपचारिक रूपमा सञ्चालनमा आएको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा शाखाको उद्घाटन गरिएको हो। सञ्चालक राजेन्द्र घर्ती तथा सह–सञ्चालक गौरव खड्काको पहलमा सञ्चालनमा आएको यस शाखाले ग्राहकलाई विभिन्न कम्पनीका इलेक्ट्रोनिक सामग्रीहरू उपलब्ध गराउने साथै दक्ष टेक्निसियनद्वारा ग्यारेन्टीसहित मर्मत सेवा प्रदान गर्ने जनाएको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै होम सर्भिस सेवालाई विशेष प्राथमिकताका साथ सुरु गरिएको जानकारी सञ्चालक पक्षले दिएको छ।
उद्घाटन कार्यक्रममा आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिनेश केसी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल वितरक महासङ्घका महासचिव शिव खनाल, तनहुँ उद्योग वाणिज्य सङ्घ आँबुखैरेनी बजार इकाइका सभापति काजी थापा, आँबुखैरेनी वितरक संघका अध्यक्ष राजन कट्टेल, छिम्केश्वरी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण गान्द्राङ, डाँडाटोल सुधार समितिका अध्यक्ष प्रकाश श्रेष्ठ, लायन्स क्लब अफ आँबुखैरेनीका प्रेसिडेन्ट दिलिप कोइरालालगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी, लायन्स क्लब अफ तनहुँ दमौलीका संस्थापक अध्यक्ष राजकुमार श्रेष्ठ (राकु), निवर्तमान अध्यक्ष रनिल रोका, द्वितीय उपाध्यक्ष महेन्द्र रिजाल, प्रबन्ध निर्देशक सन्तोष जमरकट्टेल, सह–सचिव सुमन श्रेष्ठ, सह–कोषाध्यक्ष गौरव खड्का, लायन्स क्लब अफ तनहुँ व्यास सिटीका कोषाध्यक्ष विवेक सापकोटा, रोटरी क्लब अफ दमौलीकी प्रथम उपाध्यक्ष योगिता श्रेष्ठ तथा लायन्स क्लब अफ तनहुँ सत्यवतीकी पूर्व अध्यक्ष बिमला श्रेष्ठलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रममा बोल्दै वक्ताहरूले आँबुखैरेनी, मुग्लिन, कुरिन्टार, मनकामना, छेपेटार तथा गोरखा क्षेत्रका उपभोक्तालाई गुणस्तरीय इलेक्ट्रोनिक सामग्री र छिटोछरितो मर्मत सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे। रिदम सर्भिस सेन्टरले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्दै बिक्रीपछिको सेवा (After Sales Service) लाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page