तनहुँ १: चाैतर्फि दवाब र घेराबन्दीमा वाग्ले, चुनावी संघर्ष चर्को!

तनहुँ १: चाैतर्फि दवाब र घेराबन्दीमा वाग्ले, चुनावी संघर्ष चर्को!


तनहुँ, तनहुँ १ को चुनावी रणभूमिमा रास्वपाका उम्मेदवार स्वर्णिम वाग्ले चाैतर्फि दवाब र घेराबन्दीमा छन्। चुनाव जितेपछि गाउँमा नफर्किएको र बाेलेका बाचा पूरा नगरेको आरोपले उनलाई घेरिरहेको छ। यसै कारण उनी अहिले तीव्र आलोचनाको सामना गर्दै चुनावी मैदानमा संघर्षरत छन्।
काङ्ग्रेसका गोविन्द भट्टराई भने आफ्नो विरासत र अनुभवको बलमा आक्रामक चुनावी रणनीतिमा लागेका छन्। भट्टराई चुनावी प्रचारलाइ आक्रामक बनाउँदै काङ्ग्रेसको विजयको भरोसा लिएका छन्।
एमालेकी भगवती न्याैपानेले महिला उम्मेदवारको रूपमा पहिलो पटक इतिहास रच्ने उद्देश्यले चुनावी प्रचारमा लागेकी छन्। उनले महिलाहरूको बलियो समर्थन जुटाउन समेत सफल भएकाे दावी गरिएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका बिद्या ढकालले अन्य दलको किल्ला भत्काउने रणनीतिमा चुनावी प्रचार गरिरहेका छन्। ढकालको उद्देश्य स्थानीय जनताको विश्वास जित्नु र आफ्नो पक्षमा धेरै मत ल्याउनु हो।
राप्रपाका अभिषेक भने धार्मिक एजेन्डासँगै चुनावी मैदानमा उत्रेका छन्। उनको उद्देश्य धार्मिक मतदाताहरूको बलियो समर्थन हासिल गर्नु हो।
यता उज्यालो नेपालका मन्जिल रानाले युवा मतको आधारमा चुनावी अभियानलाई गति दिइरहेका छन्। युवाहरूको बीचमा उनका समर्थकहरूको संख्या बढ्दै गएको छ।


यसै बीच, स्वर्णिम वाग्लेका लागि स्थिती गम्भीर हुँदै गएको आँकलन गरिएको छ। चाैतर्फि दवाब र आलोचनासँगै उनले अब कसरी आफ्नो पक्षमा मतदाताहरूको विश्वास जित्ने भन्ने प्रमुख प्रश्न बनेको छ। उनले चुनावी घेराबन्दीबाट उन्मुक्ति पाउन सक्नेछन्, वा यो उनको राजनीतिक भविष्यका लागि खतरा बनेर उभिनेछ?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page