१० देखि १२ हजार मतान्तरले जित्ने भट्टराईको दाबी

१० देखि १२ हजार मतान्तरले जित्ने भट्टराईको दाबी

तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईले आफू कम्तीमा १० देखि १२ हजार मतान्तरले विजयी हुने दाबी गरेका छन्।
नेपाली काङ्ग्रेसका नेता भट्टराईले मतदातामा परिवर्तनको चाहना बढेको र “परिवर्तित कांग्रेस”प्रति विश्वास रहेको बताए। उनका अनुसार तनहुँमा कांग्रेसको विरासत फर्किने वातावरण बनेको छ।
यसअघि उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका थिए। पुनः उनीहरूसँग प्रतिस्पर्धा गर्न लागेका भट्टराईले यस पटक स्पष्ट मतान्तरले जित निकाल्ने दाबी गरेका हुन्।
अर्थशास्त्रमा विद्यावारिधि गरिरहेका भट्टराईले युवाका लागि रोजगारी सिर्जना, सूचना प्रविधि क्षेत्रको विकास र भ्रष्टाचारविरुद्ध अभियानलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्।
प्रतिस्पर्धीलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गरिएको प्रसंगमा उनले कटाक्ष गर्दै निर्वाचन नजित्दै बजेट लेख्नुको अर्थ नभएको टिप्पणी गरे।

पार्टी विभाजनको चर्चा अस्वीकार गर्दै उनले कांग्रेस एकजुट रहेको र नेतृत्व परिवर्तन मात्र भएको बताए। निर्वाचन खर्च न्यून राख्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page