टिभीएस मोटर कम्पनी को एनटर्क १२५ को १ लाख ५० हजार बिक्री उत्सव दमौलीमा सम्पन्न

दमौली, तनहुँ – जगदम्बा मोटर्स प्रा. लि. ले नेपालमा बिक्री–वितरण गर्दै आएको टिभीएस एनटर्क १२५ स्कुटरले १ लाख ५० हजार बिक्रीको ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा दमौलीमा विशेष कार्यक्रम गरेको छ।
देशभरका बिक्रेताहरूले एकैसाथ शुभकामना कार्यक्रम आयोजना गरिरहेका बेला दमौलीस्थित आधिकारिक बिक्रेता एम.एस. ट्रेडर्स ले पनि उत्साहपूर्ण कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा फर्मका सञ्चालक सरोज भण्डारी र उनका दाजु मोहन भण्डारीले संयुक्त रूपमा केक काटेर खुसी साटासाट गरेका थिए।
कार्यक्रममा बोल्दै सञ्चालक सरोज भण्डारीले नेपाली ग्राहकको विश्वास र मायाले नै यस सफलताको आधार तयार गरेको बताए। “टिभीएस एनटर्क १२५ ले १ लाख ५० हजार बिक्री पार गर्नु हाम्रो लागि गौरवको विषय हो,” उनले भने, “यस सफलतामा साथ दिने सम्पूर्ण ग्राहक, मेकानिक, व्यवसायिक साझेदार तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
उक्त कार्यक्रममा विभिन्न क्लबका पदाधिकारी, कम्पनीका सञ्चालक तथा ग्यारेजका मेकानिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस उपलब्धिलाई दमौली बजारका लागि गर्वको विषय भएको बताएका छन्।

आयोजकका अनुसार, TVS Motor Company का सवारीसाधनहरू दमौली बजार मात्र नभई नेपाली बजारमै लोकप्रिय बन्दै गएका छन्। विशेषगरी एनटर्क १२५ युवापुस्तामाझ अत्यन्त रुचाइने स्कुटरका रूपमा स्थापित भएको जनाइएको छ ।


























