तनहुँमा नगर अध्यक्ष गुरुङ सहित सचिव र वडाअध्यक्ष गरि २६ जनाको टोली एमालेमा प्रवेश !
मनराज गुरुङ नेतृत्वको २६ सदस्यीय युवाको टोली औपचारिक रूपमा नेकपा एमालेमा प्रवेश गरेको छ। बिहीबार बिहान आयोजित कार्यक्रममा उनीहरू पार्टीमा समाहित भएका हुन्।
तत्कालीन नेकपा माओवादी केन्द्र नगर कमिटीका पूर्व अध्यक्षसमेत रहेका गुरुङसँगै तत्कालीन नगर सचिव सरोज पौडेल, शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष खिमलाल पोख्रेल, वडा नं. १२ का वडाध्यक्ष टुक बहादुर गुरुङ लगायतका नेताहरू एमालेमा प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई एमालेका सचिव खगराज अधिकारी तथा केन्द्रीय सदस्य एवं तनहुँ–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केदार सिग्देलले पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा नेताहरूले पार्टीलाई थप सुदृढ र प्रभावशाली बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।


























