लोक दोहोरी स्थापना दिवसमा वाद्यवादन सामग्री हस्तान्तरण
तनहुँ, फागुन २९ ।
२५औँ लोक दोहोरी स्थापना दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, तनहुँले विशेष कार्यक्रम आयोजना गरेको छ। व्यास ऋषिको तपोभूमिमा सम्पन्न उक्त कार्यक्रममा भजन प्रस्तुति समेत गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानद्वारा व्यासज्योति धर्म जागरण भजन–कीर्तन समितिका अध्यक्ष राजकुमार श्रेष्ठलाई वाद्यवादन सामग्री हस्तान्तरण गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित मेघनाथ रिमालले प्रतिष्ठान तनहुँले लोककला, संस्कृति तथा सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए।

उक्त कार्यक्रममा भजन–कीर्तन समितिको सम्पूर्ण टिम, प्रतिष्ठानका संरक्षक, सल्लाहकार, विभिन्न धार्मिक संघ–संस्थाका अध्यक्ष, प्रमुख संरक्षक तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिष्ठान तनहुँले विगतदेखि नै मौलिक लोककला र संस्कृतिको संरक्षण तथा सामाजिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको अध्यक्ष विश्व वुढा परियारले बताए ।


























