दमाैलिमा टिभिएस स्मार्ट एक्सचेञ्ज तथा फाइनान्स मेला सुरु
दमाैली, चैत ८ — दमाैलीको अनसन चाैतारिमा आजदेखि टिभिएस स्मार्ट एक्सचेञ्ज तथा फाइनान्स मेला सुरु भएको छ। टिभिएस मोटरसाइकल तथा स्कुटरका लागि नेपालका आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रा.लि. र दमाैलीका आधिकारिक बिक्रेता एम.एस. ट्रेडको संयुक्त आयोजनामा मेला सञ्चालनमा आएको हो।
नेपाली बजारमा लोकप्रियता हासिल गर्दै आएको टिभिएस ब्रान्डले बजार विस्तारलाई थप आक्रामक बनाउने उद्देश्यसहित मेला आयोजना गरेको जनाएको छ। विभिन्न सेग्मेन्टमा उपलब्ध ११० सीसीदेखि ३१० सीसीसम्मका मोटरसाइकल तथा स्कुटरका कारण टिभिएस नेपाली बजारमा सर्वाधिक रेन्ज भएको ब्रान्डमध्ये एक मानिन्छ।
चैत ८ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा अहिलेसम्मकै बढी ‘रिकन्डिसन’ सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ। साथै नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आधारमा सहज फाइनान्सको व्यवस्था समेत गरिएको एम.एस. ट्रेड दमाैलीका सञ्चालक सरोज भण्डारीले जानकारी दिनुभयो।
हालै टिभिएसले आफ्नो बहुचर्चित मोडेल ‘एनटर्क’ स्कुटरको बिक्री १ लाख ५० हजार ‘अन द रोड’ नाघेको उपलब्धि पनि मनाइरहेको छ।

मेलाको पहिलो दिनमै ग्राहकको उल्लेख्य उपस्थिति देखिएको छ भने ७ वटा सवारीसाधनको किनबेच समेत भइसकेको जनाइएको छ ।




























