बन्दीपुर केबलकारको सेवा समय परिवर्तन

बन्दीपुर केबलकारको सेवा समय परिवर्तन


तनहुँ — बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले केबलकार सेवाको सञ्चालन समय परिवर्तन गरेको छ। कम्पनीले जारी गरेको आधिकारिक सूचनाअनुसार नयाँ समय तालिका लागू गरिएको हो।
परिवर्तित समयअनुसार अब केबलकार सेवा दैनिक बिहान ८:३० बजेदेखि साँझ ५:४५ बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। यसअघि सञ्चालनमा रहेको समयतालिकामा संशोधन गर्दै सेवाग्राहीको सुविधा तथा व्यवस्थापनलाई ध्यानमा राखी नयाँ समय लागू गरिएको बताइएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत राेमन मान श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा सेवाको गुणस्तर, यात्रुहरूको सुविधा तथा सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। तोकिएको समयभित्र सेवा उपयोग गर्न सम्पूर्ण सेवाग्राहीलाई अनुरोध समेत गरिएको छ।

पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको बन्दीपुर केबलकार सेवा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ। नयाँ समय तालिकाले सेवाग्राहीलाई थप सहजता प्रदान गर्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page