भानुमा आमा–छोरा मृत फेला
भानु, तनहुँ | २०८२ चैत २४
तनहुँको भानु नगरपालिकामा आमा र नाबालक छोरा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
भानु नगरपालिका–६ पण्डितथरस्थित देउराली सामुदायिक वनमा आज बिहान करिब ११:४५ बजे २५ वर्षीया सरीता परियार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। उनी स्थानीय राजु परियारकी श्रीमती रहेको प्रहरीले जनाएको छ।
घटनास्थलमै सरीताको काखमा रहेका उनका करिब एक वर्षका छोरा कुमार परियार पनि मृत अवस्थामा भेटिएका छन्।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय भानुबाट प्रमुख गोपाल पौडेल नेतृत्वको टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार दुवै शवलाई पोस्टमार्टमका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


























