मामाघर आएका युवकको मादी नदिले बगाउँदा मृत्यु

मामाघर आएका युवकको मादी नदिले बगाउँदा मृत्यु

दमौली, २८ चैत — तनहुँको व्यास नगरपालिका–७ सत्रसयस्थित मादी नदीमा पौडी खेल्ने क्रममा एक युवकको ज्यान गएको छ।
लमजुङ सुन्दरबजार नगरपालिका–११ तुर्लुङकोटका १८ वर्षीय सुजल दुरा, हाल व्यास नगरपालिका–६ शिसाघाटस्थित मामाघरमा आएका थिए, आइतबार दिउँसो करिब २:०० बजे नदीमा पौडी खेल्ने क्रममा बगेर करिब ३०० मिटर तल पुगेका थिए।

उनका मामा बिक्रम दुराले तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली पुर्‍याएका थिए। तर अस्पतालमा दिउँसो २:३५ बजे चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page