रोयल पार्टी प्यालेसका सञ्चालक कुमार मल्लद्वारा १० प्रतिशत छुट घोषणा

रोयल पार्टी प्यालेसका सञ्चालक कुमार मल्लद्वारा १० प्रतिशत छुट घोषणा


दमौली, तनहुँ — व्यास नगरपालिका–२ दमौलीमा सञ्चालित रोयल पार्टी प्यालेसका सञ्चालक तथा युवा व्यवसायी कुमार मल्लले म्याग्दे दमौली समाज तनहुँका सदस्यहरूलाई विशेष छुटको घोषणा गरेका छन्। उनले आफ्नो पार्टी प्यालेसमा आयोजना हुने विवाह, व्रतबन्ध तथा अन्य भोज कार्यक्रममा समाजका सदस्यलाई १० प्रतिशत छुट प्रदान गर्ने बताएका हुन्।
मल्लको यस घाेषणालाई कार्यक्रममा उपस्थित सहभागीहरूले प्रशंसा गरेका थिए। सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका उनी विभिन्न सहयोगात्मक कार्यमा समेत अग्रसर रहँदै आएका छन्। साथै, उनी उद्योग वाणिज्य संघमा समेत विशेष जिम्मेवारीमा आबद्ध युवा व्यवसायीका रूपमा परिचित छन्।
मल्लले म्याग्दे दमौली समाज तनहुँको तेस्रो साधारणसभा तथा नयाँ वर्षको शुभकामना एवम् वनभोज कार्यक्रमका अवसरमा उक्त घाेषणा गरेका हुन् । शनिबार म्याग्दे गाउँपालिका–४ घुम्तीमा समाजका अध्यक्ष भाग्यशाली ढुंगानाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख शान्ति रमण वाग्लेको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको थियो।

कार्यक्रममा म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडा नं. ४ का अध्यक्ष दीपक कुमार श्रेष्ठ, समाजका सल्लाहकार मनोज अधिकारी, बलराम वाग्ले लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा समाजका पदाधिकारी तथा स्थानीयवासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page