म्याग्दे दमौली समाज तनहुँको तेस्रो साधारणसभा सम्पन्न

दमौली, तनहुँ — म्याग्दे दमौली समाज तनहुँको तेस्रो साधारणसभा तथा नयाँ वर्षको शुभकामना एवम् वनभोज कार्यक्रम शनिबार म्याग्दे गाउँपालिका–४ घुम्तीमा सम्पन्न भएको छ।
समाजका अध्यक्ष भाग्यशाली ढुंगानाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख शान्ति रमण वाग्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडा नं. ४ का अध्यक्ष दीपक कुमार श्रेष्ठ, समाजका सल्लाहकार मनोज अधिकारी र बलराम वाग्ले लगायत विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए।
त्यसैगरी समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शेरकुमार कायस्थ, सचिव विकास खनाल र कोषाध्यक्ष राधा वाग्ले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा स्थानीयवासी तथा सदस्यहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।


























