फरार प्रतिवादी पक्राउमा एसपी कार्की नेतृत्वको तनहुँ प्रहरी सक्रिय

फरार प्रतिवादी पक्राउमा एसपी कार्की नेतृत्वको तनहुँ प्रहरी सक्रिय

दमौली, चैत ३० — जिल्ला प्रहरी कार्यालय तनहुँले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिएको छ। सोही क्रममा जि.प्र.का. तनहुँ तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले विभिन्न मुद्दाका ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा चेक अनादर मुद्दाका २ जना र कर्तव्य ज्यान मुद्दाका १ जना रहेका छन्। उनीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै लगत कट्टाका लागि सम्बन्धित कार्यालयमा बुझाइएको छ।


फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिने अभियानलाई अझ प्रभावकारी बनाइने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरी प्रमुख एसपी टेकबहादुर कार्की नेतृत्वको तनहुँ प्रहरीले फरार प्रतिवादी पक्राउमा सक्रियता देखाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page