अबैध उत्खननमा संलग्न तीन ट्याक्टर नियन्त्रण, जरिवाना पछि छाडियो

अबैध उत्खननमा संलग्न तीन ट्याक्टर नियन्त्रण, जरिवाना पछि छाडियो


तनहुँ, चैत ३० — जिल्लाको भिमाद नगरपालिका–७ सिस्नेरीस्थित सेती नदी किनारबाट अबैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय भिमादबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो करिब १ बजे ढुङ्गा लोड गरिरहेका ग १ त ५८७५, ग १ त २३८३ र ग १ त ३१७६ नम्बरका ट्याक्टर नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि भिमाद नगरपालिकामा पठाइएको थियो। नगरपालिकाले तोकेको जरिवाना तिरेपछि ती ट्याक्टरहरू छाडिएको प्रहरीले जनाएको छ।


तीनवटै ट्याक्टरबाट जनही १२ हजार रुपैयाँका दरले जरिवाना असुल गरिएको छ। उक्त स्थान इलाका प्रहरी कार्यालय भिमादबाट करिब ३ किलोमिटर पश्चिमतर्फ पर्ने जनाइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page