तनहुँमा घरमै पुगेर पासपोर्ट वितरण सेवा सुरु
दमौली, तनहुँ — सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले तनहुँको व्यास नगरपालिका–५, बरबोटे सागेमा घरमै पुगेर पासपोर्ट वितरण सेवा सुरु गरिएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी लगायतको टोलीले सेवाग्राहीको घरमै पुगेर पासपोर्ट हस्तान्तरण गरेका हुन्।

सरकारको नीतिअनुसार नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित यो सेवा सुरु गरिएको हो। यसबाट स्थानीय बासिन्दालाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।


























