भिमादमा सामाजिक कुरीति विरुद्ध १ दिने सचेतना तालिम सम्पन्न

तनहुँ — भिमाद नगरपालिका वडा नं–३ जलाैदिमा सामाजिक कुरीति विरुद्ध १ दिने सचेतना तालिम कार्यक्रम सम्पन्न भएको छ। उक्त तालिम एकीकृत सेवा कार्यालय, तनहुँको आयोजनामा सञ्चालन गरिएको हो।
कार्यक्रममा बालविवाह, दाइजो प्रथा, जातीय भेदभाव लगायतका सामाजिक विकृतिहरू अन्त्य गर्न आवश्यक सचेतना फैलाउने उद्देश्य राखिएको थियो। सहभागीहरूलाई यस्ता कुरीतिले समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै परिवर्तनका लागि सामूहिक पहल आवश्यक रहेकोमा जोड दिइएको थियो।
स्थानीय महिला, युवा तथा समुदायका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको तालिममा सहभागीहरूले समाज सुधारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने एकीकृत सेवा कार्यालय तनहुँका प्रमुख इश्वरी रेग्मीले बताए ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले “सामाजिक कुरीति विरुद्ध अभियान” लेखिएको ब्यानरसहित सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।


























