भाेर्लेटार चोकको पार्किङ व्यवस्थापन गर्न नगर प्रमुख न्याैपानेकाे पहल
तनहुँ — व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने ले दमौलीस्थित भाेर्लेटार चोक क्षेत्रमा देखिएको अव्यवस्थित पार्किङ समस्यालाई व्यवस्थित गर्न पहल सुरु गरेका छन्।
नगर प्रमुख न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार चोक आसपास सवारीसाधन जथाभावी पार्किङ हुँदा यातायात आवागमनमा समस्या बढ्दै गएको छ। सो समस्यालाई समाधान गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी, ट्राफिक प्रहरी, जनप्रतिनिधि तथा यातायात व्यवसायीसँग समन्वय गरी आवश्यक अध्ययन र छलफल अघि बढाइएको जनाइएको छ।

नगरपालिकाले दीर्घकालीन समाधानका लागि आवश्यक निर्णय लिने तयारी गरेको छ भने तत्कालका लागि वैकल्पिक स्थानको उपयोग गर्न आग्रह गरिएको छ। साथै, व्यास–१ करङकाटस्थित बसपार्कलाई अधिकतम प्रयोग गर्न नगर प्रमुख न्याैपानेले अनुरोध गरेका छन्।


























