व्यास नगरस्तरीय भजन प्रतियोगितामा जलेश्वर संकिर्तन समूह प्रथम


तनहुँ — व्यास–५ स्थित पराशर आश्रममा व्यास नगरस्तरीय एक दिने भजन–कीर्तन प्रतियोगिता सम्पन्न भएको छ। पराशर आश्रम संरक्षण समिति को आयोजना तथा व्यास नगर प्रज्ञा प्रतिष्ठान को सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगितामा आदिकवि भानुभक्त मावि / क्याम्पस (व्यास–१), जलेश्वर संकिर्तन समूह (व्यास–५), सिमलगैरा ठुलो टार समूह (व्यास–५), सिन्धु सांस्कृतिक भजन समूह (व्यास–५), नवआदर्श आमा समूह (व्यास–१), पतञ्जली योग समिति, आरोग्य साधना केन्द्र (व्यास–३) र व्यास ज्योति धर्मजागरण आमा समूह (व्यास–३) गरी ८ टोलीबीच प्रतिस्पर्धा भएको थियो।
प्रतियोगितामा तेजप्रसाद लामिछाने नेतृत्वको जलेश्वर संकिर्तन समूह (व्यास–५) प्रथम हुन सफल भएको छ। त्यसैगरी व्यास ज्योति धर्मजागरण आमा समूह द्वितीय, आदिकवि भानुभक्त मावि तथा क्याम्पस तृतीय तथा नवआदर्श आमा समूह सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।
विजेताहरूलाई क्रमशः प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

सत्यप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने प्रमुख अतिथिका रहेका थिए। कार्यक्रम संस्थाका सचिव महेन्द्र गिरीले सञ्चालन गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा ऋषिराम ढुंगाना संयोजक तथा लक्ष्मी पौडेल र दिव्या काफ्ले सदस्य रहेका थिए।


























