भाइरल चटपट सञ्चालक अशोक प्रहरी नियन्त्रणमा

भाइरल चटपट सञ्चालक अशोक प्रहरी नियन्त्रणमा

दमौली १९,बैशाख । व्यास —३ अनसन चौतारी नजिक चटपट व्यवसाय सञ्चालन गर्दै आएका भाइरल चटपटे अशोक डौलिया प्रहरी नियन्त्रणमा परेका छन् ।

भाइरल चटपटे डौलिया जातिय विभेदको आरोपमा प्रहरी नियन्त्रणमा परेका हुन् । चटपट खान आएकी एक दलित समुदायकी युवतीलाई जातिय विभेद गरेको आरोप डौलिया माथि लागेको छ ।

जातिय विभेद गरेको उजुरी परेपछि डौलियालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेको छ । यस विषयमा अनुसन्धान भईरहेको छ । डौलियाले भने आफूले कुनै पनि जातिय विभेद नगरेको जिकिर गर्दै आएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page