जातीय विभेद आरोप र वास्तविकता— भाइरल चटपटेमा दलित स्टाफ नै कार्यरत

जातीय विभेद आरोप र वास्तविकता— भाइरल चटपटेमा दलित स्टाफ नै कार्यरत

व्यास नगरपालिका–३ अनसन चौतारी नजिक चटपट व्यवसाय सञ्चालन गर्दै आएका ‘भाइरल चटपटे’का रूपमा परिचित अशोक डौलियामाथि जातीय विभेदको आरोप लागेपछि यतिबेला विषय चर्चामा छ। एक दलित समुदायकी युवतीले आफूलाई विभेद गरिएको आरोप लगाएपछि यसबारे अनुसन्धान एवम् बहस भइरहेको छ।
तर आरोपको सामना गरिरहेका डौलियाले भने आफूले कहिल्यै जातीय विभेद नगरेको दाबी गर्दै आएका छन्। उल्टै उनले आफ्नो चटपटे पसलमा दलित समुदायका व्यक्तिलाई रोजगारी दिँदै आएको बताउँछन्। चटपटे पसलमा हाल बन्दीपुरकी सविना नेपाली विगत एक वर्षदेखि स्टाफका रूपमा कार्यरत छन् र उनीसँगै बसेर खाना खाने तथा काम गर्ने वातावरण छ।
“हामीकहाँ जातपात भन्ने कुरा नै छैन, सबैलाई समान रूपमा व्यवहार गरिन्छ,” डौलियाको भनाइ छ। उनले यसअघि पनि शक्ति गैरे, निर्मल परियार, प्रकाश परियार, माया परियार, सूचना परियारलगायत दलित समुदायका व्यक्तिहरूलाई रोजगारी दिएको बताएका छन् ।
सामाजिक सञ्जाल टिकटकमार्फत चर्चित बनेका डौलिया ग्राहकसँगको आफ्नै शैलीका कारण लोकप्रिय छन्। दिनभर खटिएर व्यवसाय गर्ने उनी हरेक ग्राहकसँग “कताबाट आउनुभयो प्रभु?” भन्दै भिडियो बनाउने शैलीले चिनिन्छन्।
आरोपबारे बोल्दै उनले यदि बोल्ने क्रममा असावधानीवश कुनै शब्द प्रयोग भएको भए त्यो नियतवश नभई जिब्रो चिप्लिएको हुन सक्ने बताउँछन्। साथै कसैलाई होच्याउने वा विभेद गर्ने आफ्नो कुनै मनसाय नरहेको उनलेे स्पष्ट पार्दै यदि आफुले बाेलेकाे बिषयमा कसैलाई चाेट पुगेको भए माफी समेत मागिसकेका छन् ।

उता, घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page