आँबुखैरेनीमा राष्ट्रिय स्वतन्त्र पार्टी को वडा नं. ४ र ६ अधिवेशन सम्पन्न
तनहुँको आँबुखैरेनी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) को वडा नं. ४ र वडा नं. ६ को वडा अधिवेशन सम्पन्न भएको छ। आँबुखैरेनी वाणिज्य हलमा आयोजित अधिवेशनबाट दुवै वडाको नयाँ कमिटी सर्वसम्मत रूपमा चयन गरिएको हो।
अधिवेशनबाट वडा नं. ४ को सभापतिमा गम बहादुर गुरुङ, उपसभापतिमा कमल बहादुर गुरुङ र सचिवमा आश्विन मगर चयन भएका छन्। यस्तै सदस्यहरूमा जनिशा गुरुङ, पूर्णमाया गुरुङ, वृष्टि बहादुर गुरुङ, सीमा लामा गुरुङ, तुल बहादुर गुरुङ र रमेश गुरुङ रहेका छन्।
त्यसैगरी वडा नं. ६ को सभापतिमा प्रवीण तिमल्सीना, उपसभापतिमा लोक बहादुर गुरुङ र सचिवमा सुनीता गुरुङ चयन भएका छन्। यस्तै सदस्यहरूमा मोहन कुमार श्रेष्ठ, दीपक कालिराज, जितमान भुजेल, धन बहादुर गुरुङ (घल्छाङ), धन बहादुर गुरुङ (सातवे) र रमा कालिराज रहेका छन्।

अधिवेशनले स्थानीय तहमा पार्टी संगठनलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पार्टीका संगठन बिभाग प्रमुख अनिल श्रेष्ठ लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


























