तनहुँ प्रेसका कार्यकारी सम्पादक विकास खनाल सम्मानित

तनहुँ प्रेसका कार्यकारी सम्पादक विकास खनाल सम्मानित


दमौली, – तनहुँ प्रेसका प्रकाशक तथा कार्यकारी सम्पादक विकास खनाल सम्मानित हुनुभएको छ। व्यास नगरपालिका–९ माझफाँटस्थित श्री माहेन्द्रेश्वर महादेव मन्दिरमा आयोजित पुरुषोत्तम महात्म्य विराट ज्ञान महायज्ञको समापन समारोहका अवसरमा उहाँलाई सम्मान गरिएको हो।
महायज्ञ सफल बनाउन मिडिया पार्ट्नरका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कदरस्वरूप खनाललाई खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि व्यास नगरपालिकाका प्रवक्ता तथा वडा नं. ९ का अध्यक्ष सुरेश थापा, १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपाने तथा मूल समारोह समितिका अध्यक्ष बामदेव न्यौपानेलगायतले उहाँलाई सम्मान गर्नुभएको थियो।
उक्त महायज्ञमा तनहुँ प्रेस मुख्य मिडिया पार्ट्नरका रूपमा रहेको थियो। महायज्ञको प्रचार–प्रसार तथा गतिविधिलाई दैनिक रूपमा समाचारमार्फत जनसमक्ष पुर्‍याई कार्यक्रम सफल बनाउन तनहुँ प्रेसले महत्वपूर्ण योगदान दिएको आयोजकले जनाएको छ।
आयोजक समितिका अनुसार महायज्ञबाट नगद करिब ४५ लाख रुपैयाँ तथा ८ आना जग्गा दानस्वरूप प्राप्त भएको छ। भौगोलिक रूपमा केही भित्री स्थानमा आयोजना गरिएको भए पनि भक्तजन, दानदाता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिताले महायज्ञ अपेक्षाभन्दा बढी सफल भएको भन्दै समितिले खुसी व्यक्त गरेको छ। महायज्ञको व्यापक प्रचार–प्रसारमा सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै आयोजकले तनहुँ प्रेसको भूमिकाको विशेष प्रशंसा गरेको छ।

सम्मान ग्रहणपछि कार्यकारी सम्पादक खनालले सम्मानका लागि आयोजक समितिप्रति हार्दिक आभार व्यक्त गर्दै धार्मिक, सामाजिक तथा सामुदायिक हितका कार्यक्रमहरूको प्रवर्द्धनमा सञ्चार क्षेत्र सदैव प्रतिबद्ध रहने बताउनुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page