निबन्ध लेखन प्रतियोगितामा सेती गंगा आ.वि.की सोफिया गुरुङ प्रथम

निबन्ध लेखन प्रतियोगितामा सेती गंगा आ.वि.की सोफिया गुरुङ प्रथम


दमौली, जेठ ३१ — बन्दीपुर गाउँपालिका शिक्षा शाखाद्वारा आयोजित हस्तलेखन तथा निबन्ध लेखन प्रतियोगिताअन्तर्गत निबन्ध लेखनतर्फ सेती गंगा आधारभूत विद्यालयकी छात्रा सोफिया गुरुङ प्रथम हुन सफल भएकी छन्।
प्रतियोगितामा पवित्रा माध्यमिक विद्यालयकी दृष्टि थापा द्वितीय, कालिका माध्यमिक विद्यालयका समीर थापा मगर तृतीय तथा जगदीश्वर आधारभूत विद्यालयकी खुशी भुजेल सान्त्वना स्थान हासिल गर्न सफल भएका छन्।

गाउँपालिका तथा शिक्षा शाखाले विद्यार्थीहरूमा रहेको प्रतिभाको पहिचान, लेखन क्षमता अभिवृद्धि तथा सिर्जनात्मक सोचको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको जनाएको छ। यस्ता कार्यक्रमले विद्यार्थीहरूको बौद्धिक क्षमता विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरेसँगै सेती गंगा आधारभूत विद्यालय परिवारले छात्रा सोफिया गुरुङलाई बधाई तथा आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ। साथै विद्यालयले प्रतियोगिता आयोजना गर्ने बन्दीपुर गाउँपालिका र शिक्षा शाखाप्रति धन्यवाद तथा सम्मान व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page