मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजनासम्बन्धी दुईदिने कार्यशाला बन्दीपुरमा सुरु

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजनासम्बन्धी दुईदिने कार्यशाला बन्दीपुरमा सुरु

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सामाजिक सचेतना तथा जीविकोपार्जन सहयोग कार्यक्रमअन्तर्गत “मानव विकासका लागि पूर्वाधार विकास : चुनौती, अवसर र स्थानीय तहको भूमिका” विषयक दुईदिने कार्यशाला बन्दीपुरमा सुरु भएको छ।
सहयात्री समाज नेपाल–सिड्स जेभीको आयोजनामा असार १२ र १३ गते सञ्चालन हुने कार्यशालाको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरेका हुन्।
कार्यक्रमको उद्देश्य सरकार तथा विकास साझेदारद्वारा सञ्चालन गरिएका एचआईभी/एड्स सचेतना, मानव बेचबिखन नियन्त्रण, जीविकोपार्जन सहयोग तथा संरक्षणसम्बन्धी कार्यक्रमबाट प्राप्त सिकाइ, उत्कृष्ट अभ्यास र ज्ञान सामग्रीलाई व्यवस्थित रूपमा अभिलेखीकरण, प्रसार तथा संस्थागत गर्नु रहेको आयोजकले जनाएको छ।
त्यस्तै, आयोजना अवधि समाप्त भएपछि पनि स्थानीय सरकार, नगरपालिका, स्वास्थ्य संस्था तथा सम्बन्धित निकायले संरक्षण र सचेतनामूलक कार्यक्रमहरू स्वतन्त्र रूपमा योजना तर्जुमा, कार्यान्वयन र दिगो रूपमा सञ्चालन गर्न सकून् भन्ने उद्देश्यसमेत कार्यशालाले राखेको छ।

कार्यक्रममा व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, कार्यक्रम निर्देशक राधिका सापकोटा, जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page