नेपाल महिला संघ तनहुँको कार्यवाहक सभापतिमा चन्द्रकला भट्टराई
नेपाल महिला संघकी जिल्ला सभापति पवित्रा पौडेल नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा मनोनीत भएकी छन्। केन्द्रीय कार्यसमितिमा मनोनयन भएसँगै नेपाल महिला संघ जिल्ला कार्यसमितिले उनलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।
केन्द्रीय कार्यसमितिको जिम्मेवारी सम्हाल्नुपर्ने भएकाले जिल्ला कार्यसमितिको नियमित कामकारबाहीलाई निरन्तरता दिन जिल्ला कार्यसम्पादन समितिको बैठकले जिल्ला उपसभापति चन्द्रकला भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय सर्वसम्मतिले गरेको सचिव कल्पना पाेख्रेलले बताइन् ।

जिल्ला कार्यसमितिले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेकी भट्टराईलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई थप सशक्त र प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरिएको छ।



























