मोटरसाइकल दुर्घटनामा पत्रकार पूर्ण बिके घाइते
तनहुँ, असार १९ — नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका कोषाध्यक्ष तथा एनटिभीका पत्रकार पूर्ण बिके रिपोर्टिङका क्रममा मोटरसाइकल दुर्घटनामा परी घाइते हुनुभएको छ।
शुक्लागण्डकी नगरपालिकातर्फ समाचार सङ्कलनका लागि जाने क्रममा दुलेगाैडामा उहाँले चलाइरहनुभएको मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा मोटरसाइकल चालक पूर्ण बिकेसँगै पछाडि सवार तनहुँ प्रेसका पत्रकार विकास खनाल पनि सामान्य घाइते हुनुभएको छ।

दुर्घटनापछि पूर्ण बिकेको थर्पु अस्पतालमा उपचार गरिएको छ। उहाँको चोट लागेको स्थानमा टाँका समेत लगाइएको छ र उपचारपछि उहाँ घरतर्फ फर्कने क्रममा हुनुहुन्छ। पछाडि सवार पत्रकार विकास खनालको अवस्था सामान्य रहेको बताइएको छ।

























