डुम्रेमा शनिबार निःशुल्क न्यूरो स्वास्थ्य शिविर

तनहुँ, असार २६ – तनहुँको डुम्रेमा शनिबार निःशुल्क न्यूरो (मस्तिष्क तथा स्नायु) स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
नेपाल स्ट्रोक एसोसिएसन, नेपाल स्ट्रोक प्रोजेक्ट र नेशनल न्यूरो सेन्टरको संयुक्त आयोजना तथा तनहुँ उद्योग बाणिज्य संघ डुम्रे बजार इकाई काे सहकार्यमा असार २७ गते शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म डुम्रे सांस्कृतिक युवा क्लवकाे भवन डुम्रे तनहुँ मा शिविर सञ्चालन गरिनेछ।
शिविरमा काठमाडौंबाट आउने विशेषज्ञ चिकित्सकद्वारा स्ट्रोक (पक्षघात), मिर्नि, प्यारालाइसिस , टाउको दुखाइ, घाँटी तथा ढाडको नसासम्बन्धी समस्या, हातखुट्टा झमझमाउने तथा पोल्ने, स्मरणशक्ति र अन्य न्यूरोसम्बन्धी समस्याको निःशुल्क परीक्षण तथा परामर्श प्रदान गरिनेछ।
यसका साथै आवश्यक बिरामीलाई निःशुल्क औषधि वितरण, फिजियोथेरापी परामर्श, स्ट्रोक जोखिम विश्लेषण, मानसिक स्वास्थ्य परीक्षण तथा परामर्श (तनाव, चिन्ता, निद्रासम्बन्धी समस्या) तथा जनचेतनामूलक कक्षा सञ्चालन गरिने आयोजकले जनाएको छ।

स्वास्थ्य शिविरमा न्यूरोसम्बन्धी समस्या भएका तथा स्वास्थ्य परीक्षण गराउन इच्छुक सबैलाई उपस्थित भई सेवा लिन डुम्रे बजार इकाईले आग्रह गरेको संस्थाका लक्ष्मण जाेशीले बताए । उक्त कार्यक्रममा आयाेजक संस्थामा नेशनल न्युराे सेन्टर एण्ड मल्टिस्पेशालिटी अस्पताल काठमाडौं रहेको छ ।


























