उच्छृङ्खल गीत गाउने खुइली र भाले सहित एक दर्जन कलाकारलाई स्पस्टिकरण
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले एक दर्जन कलाकारलाई स्पष्टिकरण सोधेको छ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बिकृति बिसंगति न्युनिकरण बिभागको आज बसेको बैठकले लाइभ दोहोरीका नाममा उच्छृङखल शैलिमा प्रस्तुती दिने १२ जना कलाकारलाई स्पष्किरण सोधेको हो।


प्रतिष्ठानका सञ्चार समन्वय विभाग संयोजक राजकुमार रायमाझीका अनुसार नेपाली लोक गीत संस्कृतीको मर्मविपरित छाडा शब्द प्रयोग गरी उच्छृङखल शैलिमा प्रस्तुती दिने कलाकारलाई एक हप्ताभित्र जवाफसहितको स्पष्टिकरण सोधिएको हो।


साथै, प्रतिष्ठानले तोकिएको समयमा स्पष्टिकरण नबुझाए आवश्यक कारबाही प्रक्रिया अगाडी बढाइने चेतावनी समेत दिएको छ। प्रतिष्ठानले केहीदिन अघी मात्रै सोही क्रियाकलापमा संलग्न लोक तथा दोहोरी गीत गाएक एवं प्रतिष्ठानका केन्द्रिय सदस्य बालचन्द्र बराललाई कारबाही स्वरुप ६ महिनाका लागी निलम्बन गरेको थियो।

यी हुन् स्पष्टिकरण सोधिएका कलाकारहरुः
१. शर्मिला रायमाझी
२ नविना सिलवाल “खुईली”
३ रिया खड्का
४. शंकर सुनार
५ नवराज काप्री “धादिङे भाले”
६ सुशीला लामा
७. तारा थापा
८. सागर बि.सी
९. सिताराम परियार
१०. सलिना नेपाली
११. विशाल सोनी- कामी दाइको घन ठोकाई
१२. गोपाल नेपाल “जीएम” – तेरी मादर्चोद गीत


























