ओली मन्त्रीपरिषदमा दलित समुदायबाट मन्त्री परेनन् !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकाल सरकारको नेतृत्व लिँदा दलित समुदायबाट एकजना पनि मन्त्री नियुक्त भएनन् ।
उनको २२ सदस्यीय मन्त्रिपरिषदमा दलित समुदायबाट एक जना पनि मन्त्री नपरेका हुन् ।

सोमबार विस्तार भएको मन्त्रिपरिषदमा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थिति नभएपछि विरोध समेत सुरु भएको छ ।

एमालेबाट सचिव समेत रहेका छविलाल विश्वकर्मा र कांग्रेसका सहमहामन्त्री रहेका जीवन परियारलाई मन्त्री बनाउने चर्चा चलेको थियो । तर अन्तिम समयमा आएर उनीहरुको नाम हटाइएको छ ।
























