फ्रेण्डसीप गुणादीकाे रक्तदानमा २५ पिन्ट रगत संकलन

फ्रेण्डसीप युवा क्लव म्याग्दे-१ गुणादीले भदौ २९ गते शनिबार आयाेजना गरेको रक्तदान कार्यक्रममा २५ पिन्ट रगत संकलन भएको छ । ‘रक्तदान जीवनदान,रक्तदान महादान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै क्लवले सनिवार बिहान गुणादीमा आयाेजना गरेको रक्तदानमा २५ पिन्ट रगत संकलन भएको हाे ।
त्यस अगाडि कार्यक्रमकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस साेशाइटी तनहुँका सभापति प्रा डा कृष्णप्रसाद गाैतमले रगत दान सबैभन्दा ठुलो दान भएको बताए ।

फ्रेन्डसीप युवा क्लवका अध्यक्ष तिलक थापाको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवम् वडा नं १ का अध्यक्ष मणिभद्र वाग्ले , रेडक्रसका महामन्त्री सुर्यचन्द्र हड्खले , डिएलएका निवर्तमान अध्यक्ष यदुनाथ खनाल , म्याग्दे १ का निवर्तमान अध्यक्ष शिवसरण वाग्ले , म्याग्दे गापा कार्यपालिका सदस्य थममाया विक , गुणादी टाेल बिकास संस्थाका अध्यक्ष बलबहादुर आले , थर्पु उद्योग बाणिज्य संघका सभापति सुन्दर मणि अधिकारी , बिनाेद दत्त खनाल , युवाहरू सुदीप गफ्फार , अनुप आले , क्लवका निवर्तमान अध्यक्ष दुर्गाराज राना लगायतका वक्ताहरूले बाेलेका थिए ।

























