रामबजारमा नगद २ लाख सहितको झोला फेला पर्याे
पोखरा महानगरपालिका १३ नम्बर वडा कार्यालयको भवन भित्र कोठा नं. १ वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा २ लाख नगद सहितको खैरो रंगको पछाडी भिर्ने झोला फेला परेको छ ।

अपरिचित व्याक्तिले छाडी गएको उक्त झाेला हालसम्म कोही कसैले दाबी गर्न नआएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हाल उक्त झाेला वडा प्रहरी कार्यालय रामबजारमा राखिएको र झाेलामा नगद रु. २ लाख सहित हाप पाईन्ट , टिसर्ट , INSTA 360 लेखेको क्यामेरा र मो.सा.को चाबी रहेको प्रहरीले जनाएको छ ।

























