भानु नगरपालिकाले १० औं स्थापना दिवस मनायो
तनहुँको भानु नगरपालिकाले १० औं स्थापना दिवश मनाएको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण गरिएको भानु नगरपालिकाको ऐतिहासिक दिनको सम्झनामा स्थापना दिवश मनाएको हो । भानु नगरपालिकाको कार्यालय फुस्रेटारमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले देशमा संघीय संरचना र गणतन्त्रको प्राप्ती भएता पनि संघीय सरकारले स्थानीय सरकारलाई अधिकार दिन कञ्जुस्यार्ङ गरेको उल्लेख गर्दै बजेटको ठूलो हिस्सा संघ सरकारमै निहित राखी स्थानीय सरकारको मर्म बुझ्न नसकेको गुनासो गरे ।
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोईराला, राईनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङ, घिरिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, भानु नगरपालिकाका निवर्तमान प्रमुख उदयराज गौली, निवर्तमान उप प्रमुख आशा थापा, भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले शुभकामना मन्तब्य व्यक्त गरेको भानु नगरपालिकाका स्वकीय सचिव अमित लामाले बताए ।

यस्तै उक्त अवसरमा भानुका नगर सभापति रामकुमार श्रेष्ठ, एमाले नगर अध्यक्ष शंकर रानाभाट, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति विष्णु पोख्रेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विवेक न्यौपाने, वडा नं। ४ का वडा अध्यक्ष अर्जुन बहादुर बोहरा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

भानु नगरपालिकाकी उप प्रमुख उमा गोतामेले स्वागत गरेकाे कार्यक्रममा भानु नगरपालिका निवासी ख्याती प्राप्त २ जना खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा १९ औं यशियाली कबड्डी खेलकूद प्रतियोगितामा कास्य पदक विजेता मानमती बिस्ट र ७ औं यशिया कप खुल्ला अन्तरराष्ट्रिय तक्वान्दो प्रतियोगिताको ४१ केजी तौल समूहमा उत्कृष्ट फाईटर बन्न सफल रितिका दर्नाल रहेका नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।
























