म्याग्देले गर्याे जेष्ठ नागरिकलाई सम्मान
३४ औ अन्तराष्ट्रीय ज्येष्ठ नागरिक दिवसको अबसरमा तनहुँकाे म्याग्दे गाउँपालिकाले जेष्ठ नागरिकहरूलाइ सम्मान गरेको छ । गाउँ सभाहलमा भएको एक कार्यक्रममा गाउँपालिकाले पालिका भित्रका सयौंकाे संख्यामा उपस्थित जेष्ठ नागरिकहरूलाइ सम्मान गरेको हाे ।
सम्मानित बुढ्याैली : विश्वव्यापी रूपमा स्याहार तथा सहयोग पद्धतिको सवलीकरण भन्ने मुल नाराका साथ
आयाेजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायतले जेष्ठ नागरिकहरूलाइ नगद एवं हर्लेक्स तथा खादाले सम्मान गरेका थिए ।

म्याग्दे ३ का अध्यक्ष टुकराज अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे ७ का अध्यक्ष बसन्त श्रेष्ठ , कार्यपालिका सदस्य जानकी थापा लगायतले ज्येष्ठ नागरिकले राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक पाउनु पर्ने कुरामा जाेड दिएका थिए ।

ज्येष्ठ नागरिकको संरक्षण, सशक्तीकरण एवं विकासका लागि विशेष व्यवस्था गर्न सकिने प्रावधान मौलिक हकमा गरिएको कार्यक्रममा बताइएको थियो । त्यसै गरी ज्येष्ठ नागरिकलगायत सबै उमेर समूहको आधारभूत मानव अधिकार सुनिश्चित गराउने आधारभूत विषयलाई दिगो विकास लक्ष्यमा पनि समेटिएको सहभागी वक्ताहरूले बताएका थिए ।
























