तनहुँमा भएको बजार अनुगमनमा म्याद नाघेका तथा प्रतिवन्धित पेय पदार्थ नस्ट

तनहुँमा भएको बजार अनुगमनमा म्याद नाघेका तथा प्रतिवन्धित पेय पदार्थ नस्ट

तनहुँमा चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिँदै साथै हेलो सरकार लगायतमा आएका गुनासोलाई सम्बोधन गर्दै राजमार्ग छेउछाउका होटल रेष्टुरेन्टमा अनुगमन निरीक्षण गरिएको छ ।

अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थ र प्रतिबन्धित पेय पदार्थहरु टोलीको रोहवरमा तत्काल नष्ट गरिएकाे छ । अनुगमन टाेलिले होटल/ रेष्टुरेन्ट व्यवसायीलाई सचेत गराउँदै मूल्यसूची ग्राहकले देख्ने गरी अनिवार्य राख्नुहुन , सरसफाई र स्वच्छतालाई पहिलो प्राथमिकता दिनुहुन, सफा तथा स्वच्छ पानी प्रयाेग गर्न , होटल सञ्चालकलाई उपभोक्ता/ग्राहकसँग मीठो बोल्न, राम्रो व्यवहार गर्नुहुन तथा उहाँहरुको गुनासोलाई नरिसाइ सुनेर समाधान गर्ने प्रयास गर्न,पानीजस्तो संवेदनशील पदार्थ तथा अन्य चिप्स , लेज , कुर्कुरे , बिस्कुट जस्ता खाद्य तथा पेय पदार्थमा लगायतमा यो त्यो भनेर MRP भन्दा बढी मूल्य नलिन आग्रह गरेको छ ।

यस्तै आफूले कुन अवस्थाको खाना ग्राहकलाई दिएको हो, प्रष्ट पारेर मात्र सेवा दिन, पापड, सलाद जस्ता कुरालाई फुराएर, काटेर नराखी serve on demand मा दिनुहुन भनिएको र ग्राहकको गुनासो आउने काम गरी कानुन विपरीत काम भएको प्रमाणित भए हदै सम्मको कारवाही हुनेकुरा सचेत समेत गराइएकाे खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका प्रमुख ज्याेती आचार्यले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page