भिमादकाे शक्तिशाली महिला विकास सहकारीको साधारणसभा सम्पन्न

भिमाद नगरपालिका स्थित महिला विकास कार्यालय द्धारा प्रर्वद्धित शक्तिशालि महिला विकास बचत तथा ऋण सहकारी संस्था लि काे साधारणसभा सम्पन्न भएको छ ।

सहकारीको ११ औ वार्षिक साधारणसभाकाे कार्यक्रमका प्रमुख अतिथि महिला अधिकारकर्मी रेनु नेपालीले उद्घाटन गरेकी थिइन् । आ ,व २०६३ / ०६४ मा क्षेत्र विस्तार देखी सहकारी शुरूवात गर्ने कर्मचारीकाे रूपमा रहेकी नेपालीले सहकारीको सफलता देखेर खुसी भएकी थिइन् ।

सहकारी अध्यक्ष विष्णु सुनारकाे अध्यक्षतामा भएको कार्यक्रममा समाजसेबी ईन्दीरा खनाल , संस्थापक अध्यक्ष सावित्रा थापा लगायतका बक्ताहरूले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
























