दमाैलीमा मगर भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण सम्बन्धि अन्तरक्रिया

दमाैलीमा मगर भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण सम्बन्धि अन्तरक्रिया

नेपाल मगर संघ व्यास नगर समितीको आयोजनामा मगर भाषा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

व्यास नगर प्रमुख बैकुण्ठ नाथ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा व्यास नगर शिक्षा साखा प्रमुख केदार राज आचार्य, ने म स केन्द्रिय निर्वाचन सँयोजक सिद्धान्त गर्जा मगर, व्यास १४ का वडा अध्यक्ष काजिमान श्रेस्ठ, आदिकवी भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हद्खले लगायतले कार्यक्रममा भाग लिँदै शुभकामना व्यक्त गरेका थिए ।
उक्त अवसरमा उठेका जिज्ञासा बारेमा पाठ्यपुस्तक निर्माण समिति संयोजक इन्द्रबहादुर आलेले जिज्ञासा मेटाएका थिए ।


मगर संघ व्यास नगर अध्यक्ष रिमा आलेको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रस्तुतिकरण फल बहदुर थापाले र कार्यक्रम संचालन अमर थापाले गरेका थिए ।
नेपाल मगर संघ व्यास नगरका अध्यक्ष आलेका अनुसार पाठ्यक्रम र पाठ्यपुस्तक निमार्ण समिति
संयोजक ईन्द्र ब आले मगर तथा सदस्यहरूमा नन्दु थापा मगर , याम बहादुर आले मगर ,अमर थापा मगर
र फल थापा मगर रहेका छन् ।


यस्तै गरी पाठ्यक्रम र पाठ्यपुस्तक अनुगमन समिति
संयोजकमा सिद्धान्त थापा मगर तथा सदस्यहरूमा मनिराज थापा मगर , खड्का सिं थापा , सोम ब. थापा मगर र पूर्ण थापा मगर एवम् सम्पादकमा याम लाल थापा मगर रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page