ट्याक्टरकाे ठक्करबाट स्कुल जान हिँडेका ७ वर्षीय बालकको मृत्यु
व्यास नगरपालिका-१ गल्बुवेशीमा ट्याक्टरको ठक् करबाट सात वर्षीय बालकको मृत्यु भएको छ ।
ज्ञानगंगा बोर्डिंग स्कुल मा अध्यनरत सविन कुमालकाे मृत्यु भएको बताइएको छ । घर बाट स्कुल जाँदै गर्दा ग १ त ७०३१ नम्बरको ट्याक्टरको ठक्करबाट ती बालकको मृत्यु भएको हाे ।

स्टील रड लोड गरेको ट्याक्टरले बालकको टाउको मा लछारेकाे र उनलाई तत्कालै रत्नहरी अस्पताल लाँदा मृत्यु भएको बताइएको छ ।

फाेटाे टारजन गुरूङ
























