मुख्य चाेकका सडकमा गजल्टिएकाे तारले अल्झाउँदा पनि देख्दैन व्यास नगरपालिका ?

मुख्य चाेकका सडकमा गजल्टिएकाे तारले अल्झाउँदा पनि देख्दैन व्यास नगरपालिका ?


मुग्लिन पाेखरा सडक विस्तार याेजना अन्तर्गत अहिले दमाैली बजार भित्रकाे काम सुरु भएको छ । जसअन्तर्गत बिजुलीको पाेल सार्ने , नाला खन्ने लगायतका कामले तिव्रता पाएको छ ।

नयाँ बिजुलीको पाेल गाडेसँगै पुरानो पाेलमा भएका इन्टरनेट लगायतका तारहरू काटेर छरपस्ट भुइँमा फालिएको छ । तर ती तारहरू डेढ हप्ता हुँदापनी उठाउने या व्यवस्थापन गर्ने केही गरिएको छैन । यसमा सम्बन्धित निकायहरूले त वास्ता गरेनन् , व्यास नगरपालिकाले पनि देखेको नदेखेइ गरिरहेकाे छ ।

व्यास ४ का रितेश कुमार श्रेष्ठ भुइँमा रहेको अव्यवस्थित तरिकाले रहेका तारले बजार कुरूप देखाएको त छ साथै दुर्घटनाको जाेखीम पनि बढाएको बताउँछन् । डेढ हप्ता भइसक्याे यस्तो अवस्था रहेको पाेलमा लत्रिएका तारले सवारीचालक हरूलाइ अल्झाइरहेकाे छ , मुख्य सडक मार्गमा यस्तो देख्दा बजारको साैन्दर्यता पनि हराएको छ , त्यसैले तत्कालै यसको ब्यवस्थापन गर्नुपर्दछ श्रेष्ठले भने ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page