भानुमा घाँटी थिचेर श्रीमतीको हत्या गरि श्रीमान फरार

भानुमा घाँटी थिचेर श्रीमतीको हत्या गरि श्रीमान फरार
Oplus_0


तनहुँकाे भानु नगरपालिका-१ बोट गाउँमा करिब ३७ बर्षका पञ्च वहादुर बोटेले आफ्नो श्रीमती पुर्ण माया बोटेको घाँटी समाएर मारेको बताइएको छ । करिब ८.३० बजेको समयमा श्रीमतीको घाँटी थिचेर मारेको र आफु भागेको स्थानीयले बताएका छन् ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा घटना स्थलतर्फ भानुबाट प्रहरी गएकाे र थप विवरण आउन बाँकी रहेको बताइएको छ । श्रीमान पञ्चबहादुरले घाँटी अठ्याएको र आँफैले गुहार गुहार भन्दै भागेको भन्ने प्रारम्भिक खबर आएपछी प्रहरी घटना स्थलतर्फ गएकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारीले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page