पाँचौं समृद्धि कप-फुटबलकाे उपाधी आदर्श नमुना क्लव म्याग्देलाई
पाँचौं समृद्धि कप-फुटबलकाे उपाधी आदर्श नमुना क्लव मनहरी म्याग्देले जितेको छ ।

व्यास नगरपालिका वडा नं ७ बाेटेटारमा रहेको समृद्धि युवा क्लवकाे आयाेजनामा यही असाेज १९ गतेदेखि भएकाे खेलकाे अन्तिम दिन बिहीबार भएको फाइनल खेलमा आयाेजक समृद्धि युथ क्लवलाइ हराउँदै आदर्शले उपाधि जितेको हाे ।

दुलैपानि खेलमैदानमा भएको प्रतियोगिताकाे फाइनल खेलकाे दाेस्राे हाफमा आदर्शका बिनाेद घिमिरेले गरेको एक गाेलनै खेलमा निर्णायक बनेको आदर्श नमुना क्लवका अध्यक्ष अक्षय कायस्थले बताए । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा ० का बिरूद्ब १ गाेलले जित्याैँ अध्यक्ष कायस्थले खुसी हुँदै भने ।
उपाधी जितेको आदर्शले ८० हजार नगद तथा ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको आयाेजक समृद्धिले ४० हजार नगद सहित मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै प्रतियोगितामा सर्वाधिक गाेलकर्ता , उत्कृष्ट गाेलरक्षक , सर्वाेत्कृष्ट खेलाडी तथा म्यानअफ द म्याच लाई ट्रफी प्रदान गरिएकाे छ । यस अगाडि चारवटा प्रतियोगिता सफलतापुर्वक सम्पन्न गरिसकेको क्लवले खेल सँगसँगै सामाजिक क्षेत्रमा समेत विभिन्न कामहरू गर्दै आएकाे छ । क्लबले संस्कृतिकाे जगेर्नाकाे निम्ति हरेक वर्ष दसैं तिहार जस्ता चाडपर्वमा लिङ्गे पीङ समेत हाल्दै आएकाे छ ।
क्लवमा अध्यक्षकाे जिम्मेवारी मिनराज गुरूङले सम्हालेपछी पछिल्लो समय क्लवले आफ्नाे गतिविधि बढाएको छ ।
























